१८ असोज,

दाङ । प्रतिबन्धित जंगली जनावरको सुकुटीसहित दुईजना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा,दाङ जिल्लाको राजपुर गाउँपालिका वडा नम्बर ७ को लैबरुवामा बस्ने २८ वर्षीय बलबहादुर कुमाल र सोही ठाउँको मीनबहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार, गएराति करिब १ बजेको समयमा राजपुरको कालिपुरुवाबाट सतबरिया तर्फ आउँदै गरेको रा ३ प ३०६० नम्बरको मोटरसाइकललाई शंकाको आधारमा रोकी चेकजाँच गर्दा उनीहरुको साथबाट ४७ किलो जंगली जनावरको सुकुटी फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उक्त पक्राउ परेकाहरूलाई कानूनी प्रक्रिया पूरा गरी डिभिजन वन कार्यालय देउखुरीलाई बुझाउने प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख