
१७ असोज,
बाँके । कोभिड् १९ को कारणले लामो समय देखी बन्द रहेको जमुनाहा भन्सार आज आइतबार दिउँसो देखी पुर्ण रुपमा खुल्ला भएको छ ।
नेपाल सरकारले नेपाल भारतका प्रमुख नाका खोल्नका लागि निर्देशन दिए पनि भारतीय पक्षबाट नाका नखोलिएको हुनले आवत जावातमा बन्द गरिएको थियो । तर आज बाट पुर्ण रुपमा नेपालगन्ज भन्सार नाका खुलेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिएका छन ।
नेपाल सरकारले नाका खोल्ने गरेको निर्णयपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनहरुको भन्सार पास तयारी गरेको थियो ।
उक्त नेपालगंज नाका खुलेपछि नेपाली सवारी साधनहरु भारत प्रवेश गर्न पाउनुका साथै नाकामा भिडभाड बढेको छ ।