पौष २७- बाकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित निल गाइ काट्दै गर्दा विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरले एक ब्यक्ति लाई पक्राउ गरेको छ ।

कोहलपुर स्थित सिटि फ्रेस हाउसमा निलगाईको मासु काट्ने क्रममा ईलाका प्रहरी कार्यालय र इलाका बन कार्यालयको संयुक्त टोलिले फ्रेस हाउस संचालक शेर बहादुर खत्री लाई पक्राउ गरेको हो ।

त्यस स्थान बाट करिब ८० केजि मासु बराबद भएको प्रहरीले जनाएको छ । उक्त मासु र फ्रेस हाउस संचालक दुबै लाई जिल्ला बन कार्यलयमा बुझाइने बताइएको छ।
आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख