
१७ असोज,
आज आइतबार सेयर बजार परिसूचक (नेप्से) थप ५६.४८ अंकले घटेर २५ सय ७६.९५ विन्दुमा झरेको छ ।
यसअघि गत बिहीबार परिसूचक ३२ अंकले घट्दै २६ सय ३३.४२ विन्दुमा रोकिएको थियो ।
अधिकतम ५६ अंकले घटेको बजारमा आज ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ११.०७ अंकले घटेर ४८५.९८ विन्दुमा झर्न पुगेको छ ।
सबै उपसमूहहरु ऋणात्मक भएर बजारनै राताम्मे भएको यस दिन सबैभन्दा बढी गुमाउनेमा फाइनान्स समूहले ४.३४ प्रतिशत सूचक गुमाएको छ ।
यसैगरी हाईड्रोपावर समूहको ३.९७ प्रतिशतले इन्भेष्टमेन्ट समूहको ३.८३ अंकले र होटल तथा पर्यटन समूहको ३.३३ प्रतिशतले घट्न पुगेको छ । कुल २३२ कम्पनीका ८ करोड ९४ लाख कित्ता माथिको सेयर बजारमा ५२ हजार ३९१ पटक किनबेच हुँदा ४ अर्ब ११ करोडको कारोबार भएको छ ।