
१७ असोज,
नेकपा एमालेले आफ्नो आधिकारिक लोगो परिवर्तन गरेको छ ।
ललितपुरको गोदावरीमा जारी प्रथम विधान महाधिवेशनले नयाँ लोगो पारित गरेको हो ।
उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संसोधन प्रस्तावमाथि जवाफ दिने क्रममा एमालेको नयाँ लोगो प्रस्ताव गरेका हुन् ।
यसअघि सूर्य चिह्नभित्र अंग्रेजी अक्षरमा ‘सीपीएन यूएमए’ लेखिएको र हँसिया हथौडासहितको लोगो थियो । सूर्य चिह्नभित्र रातो पृष्ठभूमि थियो ।
एमालेको अवको लोगो सूर्यभित्र रातो पृष्ठभूमिमा सुनौलो हँसिया हथौडा रहनेछ ।
महाधिवेशनका प्रतिनिधिहरूले सो लोगो ताली बजाएर पारित गरेका छन् ।