
१७ असोज,
चितवन। चितवन राष्ट्रिय निकुञ्ज पर्यटकको लागि खुल्ला भएको छ ।
कोभिड–१९ को दोस्रो लहरसँगै लामो समय सम्म बन्दा रहेको चितवन राष्ट्रिय निकुञ्जभित्र पर्यटकीय गतिविधि पुन सञ्चालनमा आएको छ ।
हरेक वर्ष वर्षायाममा बन्द रहने निकुञ्जभित्रको पर्यटकीय गतिविधि यसवर्ष चाहि कोभिडका कारण वैशाख देखी बन्दा रहेको निकुञ्ज पुन सञ्चालनमा आएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिएका छन ।
उनका अनुसार निकुञ्जसँगै जोडिएका मध्यवर्ती सामुदायिक वनमा पैदलसँगै हात्ती सफारी पनि हुने गर्दछ । तर यस वर्ष निकुञ्जभित्रका बाटो मर्मत सकिएसँगै जीप सफारी सुरु गरिएको बताए ।
साथै सामुदायिक वनमा निर्माण गरिएका टावरमा र निकुञ्ज बाहिर रहेका कुमरोज, बाघमारा र चित्रसेन सामुदायिक वनभित्रको मुख्य भागमा रात बिताउने व्यवस्थासमेत रहेको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए ।
निकुञ्जका गतिविधि खुला भएसँगै पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ । चाडपर्व सुरु भएकाले आन्तरिक पर्यटक क्रमशः बढ्दै गएको उनले बताए ।