जेनजी सहिदको अनुहारसँग मिलेन सालिक, अनावरण नै रोकियो

२४ भदौ,

काठमाडौँ : गृहमन्त्री सुधन गुरुङ ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको ‘जेनजी समृति पार्क’ उद्घाटन नगरी फर्किएका छन्।

सालिकहरू आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको अनुहारसँग मेल नखाएको भन्दै परिवारजनले आपत्ति जनाएपछि उनी पार्क उद्घाटन नगरी फर्किएका हुन् ।

उद्घाटन गर्न लागिएको जेनजी पार्कमा गत वर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका ४५ जनाको शालिक निर्माण गरिएको छ।

पौडी पोखरी परिसरको दुई रोपनी जग्गामा निर्माण गरिएको पार्कलाई शहीदहरूको स्मृतिसँग जोड्ने गरी डिजाइन गरिएको सरकारले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खबर

Plugin Development: MN Softwares