
२३ भदौ,
बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१६ बाट लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले बुधबार लागुऔषध खैरो हेरोइन खरिद–बिक्री गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१६ का २१ वर्षीय मेहेरमान खान र सोही स्थानका १८ वर्षीय इसाज साई रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट ४६ ग्राम ६ सय मिलिग्राम खैरो हेरोइन र दुई थान मोबाइल बरामद भएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।













