१७ असोज,

दाङ : दाङको तुलसीपुर अरनिको मैदानमा एक दिनको कन्सर्ट आयोजना हुने भएको छ ।

यही असोज २३ गते विजयादशमीको अवसर पारेर आयोजना हुन लागेको कन्सर्टमा ‘फुलबुट्टे सारी’ गीतकी गायिका मिलन नेवार, नेपाल आइडल सिजन वान प्रतियोगी प्रताप दासको अलवा गायिका तथा मोडल सिर्जु अधिकारी, मोडल विजय पुन, मोडल रिया श्रेष्ठको समेत प्रस्तुति रहनेछ ।

सोही कार्यक्रममा निकै चर्चित लोकप्रिया र्यापर समिर घिसिङ ‘भिटेन’को समेत प्रस्तुति रहनेछ ।

उक्त कार्यक्रमबाट उठेको रकमबाट दाङमा रहेका अनाथ बालबालिकालाई सहयोग गर्ने उद्देश्य रहेको पि.एम इन्टरप्राइजेजले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख