१७ असोज,

साहस उर्जा लिमिटेडको आईपीओ आज १७ गते आइतबार बाँडफाँड सम्पन्न भएको छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा सम्पन्न भएको हो ।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार साहस उर्जाको आइपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले ओदन दिएका थिए ।

जसमा नियमपूर्वक आईपीओमा आवेदन दिएका २३ लाख ८३ हजार ४६० जना मध्येबाट ६ लाख ४४ हजारले १० कित्ता सेयर पाएका छन् । भने त्यस मध्यबाट ११ हजार ९९६ जनाको आवेदन रद्द भएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोला प्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँड गर्दा ६ लाख ४४ हजार आवदेकले मात्रै आईपीओ पाएका छन ।

साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर बिक्री गरेको थियो । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधारणका लागि छुट्याईएको थियो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता नागरिक लगानी कोष रहेको छ ।

आईपीओको रिजल्ट हेर्न तल रहेको लिंकमा क्लिक गर्नुहोस्

https://iporesult.cdsc.com.np/

www.meroshare.cdsc.com.np
( By login Mero share, You found Result in My ASBA menu & Application Report Submenu)

https://meroshare.cdsc.com.np/#/login

https://result.niblcapital.com/#/ipo-result

https://sahasurja.com/

प्रतिक्रिया

सम्बन्धित ख