
१६ असोज,
कञ्चनपुर । भारतबाट भन्सार छली ल्याइएको अबैध सामान प्रहरीले बरामद गरेको छ ।
कञ्चनपुर जिल्लाको भिम दत्त नगरपालिका वडा नं.४ को मदनचोक स्थित भारतबाट भन्सार छली ल्याइएको कोरा कपडा ,ज्याकेट ,बलाउज र बिडि गरी अन्दाजी मुल्य रु.६१००० (एकसट्ठी हजार ) बराबरको सर–सामान बेवारिसे अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले फेला पारेको प्रहरीले जनाएको छ ।
उक्त सामान बरामद गरी थप आवश्यक कारवाहीको लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाईएको प्रहरीले जानकारी गराएको छ ।