१५ असोज,

बाँके । गएको पछिल्लो २४ घण्टामा बाँके जिल्लामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैक्रममा २६ जना कोरोना संक्रमण मुक्त भएका छन ।

भेरी अस्पताल, मेडिकल कलेज कोहलपुर र बागेश्वरी ल्याब गरी तीन वटा प्रयोगशालामा ९३ नमुना परिक्षणमा बाँकेका ७ जना र अन्य जिल्लाको ६ जना गरेर जम्मा १३ जनामा कोरोना पुष्टि भएको बाँके जिल्लाको कोभिड फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन ।

हालसम्म बाँकेमा १८ हजार २ सय २६ जना संक्रमित भएका छन् । ती मध्ये १७ हजार ८ सय ३६ जना निको भई डिष्चार्ज भएका छन् । संक्रमित मध्ये ३ सय ३५ जनाको मृत्यु भएको छ । त्यसैगरी जिल्लामा ६५ जना सक्रिय संक्रमित रहँदा १८ जना अस्पताल र आइसोलेसनमा छन् भने ६० जना होम आइसोलेसनमा रहेका कोभिड फोकल पर्सन ओलीले बताए।

प्रतिक्रिया

सम्बन्धित ख