
१५ असोज,
बाँके । सशस्त्र प्रहरीले भारतबाट नेपालगंजतर्फ ल्याउदै गरेको लाखौंको अवैध सामाग्री बरामद गरेको छ ।
नेपालगंज भन्सार स्थित जमुनाह बिओपीबाट खटिएको सशस्त्र प्रहरी टोलीले नेपालगंज उपमहानगरपालिका वडा नं. १५ स्थित हड्डी चोकबाट अवैधरुपमा ल्याएको विभिन्न इलेक्ट्रिकल सामाग्री,किराना,फलफुल,लत्ताकपडा तथा मोटर पार्टस लागाएतका सामानहरु अन्दाजी मुल्य रु १ लाख १६ हजार रुपैयाँ बराबरको सामान फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ ।
उक्त सामान बरामद गरी नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।