
१५ असोज,
बर्दिया । अवैधरुपमा ल्याएको सामान वेवारिसे आवस्थाबाट जमुनी प्रहरी चौकीले बरामद गरेको छ ।
बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं. २ को फुटाहा स्थित भारतबाट अवैधरुपमा भन्सार छली ल्याई वेवारिसे अवस्थामा राखिएको अन्दाजी रू. ७१,९००÷– मुल्य बराबरका फेन्सी सामानहरु फेला पारेको प्रहरीले जनाएको छ ।
उक्त सामान बरामद गरी थप आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको प्रहरीले जानकारी गराएको छ ।