१५ असोज,

धवलागिरि गाउँपालिका वडा नं.४ मा पर्ने संसारको सातौँ आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालमा पहिलोपटक नेपाली महिला पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकी हुन ।

उनी काठमाडौँको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा गएकी थिइन ।

सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा शेर्पाले पूर्णिमासहित आफ्नो कम्पनीका २० जनाले आज बिहान ५ः०० बजे धवलागिरिको सफल आरोहण गरेका जानकारी दिए ।

उनले भने “धवलागिरि हिमालमा यसअघि नेपाली महिलाले सफल आरोहण गरेको रेकर्ड छैन”। श्रेष्ठसँगै गएकी माया शेर्पालगायतले आरोहण गरे–नगरेको पुष्टि हुन बाँकी रहेको शेर्पाले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख