
१४ असोज,
सेयर कारोबार हुने साताको अन्तिम दिन बजार कारोबार मापक आज नेप्से ३२ अङ्कभन्दा धेरैले घटेको छ ।
बुधबार ५० अङ्कले बढेको बजार आज ३२ दशमलव ५१ अङ्कले घटेर दुई हजार ६ सय ३३ अङ्कमा झरेको छ ।
आज विकास बैंक समूहको सेयर एक सय ५५ अङ्क, हाइड्रोपावरको दुई, फाइनान्सको ६८, निर्जीवन बीमाको १०४ अङ्क, माइक्रोफाइनान्सको ३८ र जीवन बीमा समूहको सेयर १०१ अङ्कले घटेको छ ।
सम्पुर्ण बजारको घटे पनि व्यापार समूहको सेयर ११८ अङ्कले बढेको छ ।
त्यसैगरी गुडविल फाइनान्स, प्रिमियर इन्स्योरेन्स र हिमालयन पावर पार्टनरको सेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । बजार घट्दा पनि नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्तीय वित्तीय संस्था र मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।
सेयर बजारमा आज दुई सय २५ कम्पनीका ७३ लाख २१ हजार कित्ता शेयर तीन अर्ब ७० करोड रुपैयाँमा किनबेच भएका छ । सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको १२ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।