
१४ असोज,
बाँके । नेपालगंज स्थित जमुनाहा भन्सार छलीे ल्याउदै गरेको सामान प्रहरीले बरामद गरेको छ ।
नेपालगंज उपमहानगरपालिका वडा नं. १० स्थित भारतबाट अवैधरुपमा भन्सार छली ल्याएको लत्ता कपडा, बिद्युतिय सामान, घन्टी लगायतका विभिन्न सामानहरू अन्दाजी मुल्य १,८३,८००।– (एक लाख त्रियासी हजार आठ सय ) रुपैयाँ बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
उक्त बरामद गरेको सामान थप आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जानकारी गराएको छ ।