
१४ असोज,
रुकुम पश्चिम । दुई समुह बीच भएको झडपमा खुकुरी हानाहानबाट घाइते भएका दुई जनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।
आठबिसकोट नगरपालिका वडा नंं. ३ स्थित स्यालाखदिमा दुई समुह बीच खुकुरी हानाहानबाट घाइते भएका तलिगाउँ टोलका २३ वर्षिय कर्ण बहादुर र माथि गाउँका ६२ वर्षिय लक्षे कामी गम्भिर घाइते भएका उनको उपचार स्थानिय स्वास्थ्य चौकीमा हुन नसकेपछि हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, तलिगाउँका स्थानिय नेपाली कांग्रेस समर्थित र माथि गाउँका नेकपा माओवादी समर्थित रहेका हुनाले पुरानो राजनितिक रिसइबी र खानेपानी मुहानको विवादको कारण झडाप भएको प्रहरीले जानकारी गराएको छ ।