१४ असोज,

आहिले चर्चितमा आएका बुद्ध एयरका पाइलट आङ्गेलु शेर्पालाई  विमान चलाउन रोक लगाइएको छ ।

असोज ११ गते काठमाडौं देखी विराटनगरका लागि उडेको ७३ जना यात्रु चढेको बुद्ध एयरको विमानको पाङ्ग्रा नखुल्दा २ घन्टा आकाशमा फन्को मार्दै होल्ड भएको थियो ।

उक्त विमानको तेल सकेर विमान अवतरण गर्न खोज्दा अचानक पाङ्ग्रा खुलेरे सफल अवतरण गराएर चर्चितमा आएका शेर्पालाई विमान चलाउन रोक लगाइएको छ ।
विमान दुर्घटनाबाट जोगिएपनि के कति कारणले पाङ्ग्रा नखुलेको हो र पाइलटको भूमिका के कस्तो छ भनी छानविन भइरहेको छ ।

नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार छानविन प्रतिवेदन पछि मात्र उनले विमान चलाउन पाउने या नपाउने टुंगो लाग्नेछ । त्यसबीच उनले विमान चलाउन पाउने छैनन् ।

यसैगरी, नेपालको हवाई क्षेत्रमा विमान र हेलिकोप्टरमा समस्या आउन थालेपछि सरकारले छानविन बढाएको छ । यसका लागि कमिटी नै गठन गरेर काम बढाएको हो ।

प्रतिक्रिया

सम्बन्धित ख