१४ असोज,

परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफूले एमसिसी संशोधन हुन सक्दैन नभनेको स्पष्टीकरण दिएका छन ।

अमेरिकामा भएको संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा सहभागी भएर फर्केपछि विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री खड्काले भने, ‘हामीले भदौ २०७४ मा हस्ताक्षर गरिसकेका छौँ । हस्ताक्षर गरेपछि संशोधन गर्नुपर्छ भन्ने कुरा पनि उठिरहेको छ।’

एमसिसी सम्झौतामा हस्ताक्षर भइरहेको भएकाले संशोधन गर्न ‘नमान्लान् कि’ मात्रै भनेको परराष्ट्रमन्त्री खड्का प्रष्ट पारे ।

उनले भने, ‘एमसिसीबारे हामीले उठाएको प्रश्नमा अरू देशले पनि त्यही कुरा उठाउलान् भन्ने कुरा गरेको उठेका थियो तर मैले संशोधन हुन सक्दैन भनेको होइन । मिडियाहरूले हुनै सक्दैन भनेर बाहिर लेखिदिएछन ।’ बैठकमा नेपालका चासो, चिन्ता र हितका विषयहरू उठाएको समेत खड्काले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख