१४ असोज,

बर्दिया । नेपालबाट भन्सार छलि भारतर्फ लैजाँदै गरेको २२.५ क्विन्टल केराउ सानोश्री ईलाका प्रहरी कार्यालयले बरामद गरेको छ ।

अबैध रुपमा भन्सार छली नेपालबाट भारततर्फ केराउ लैजाँदै गरेको विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट खटि गएको प्रहरी टोलीले जिल्ला बर्दिया मधुबन नगरपालिका वडा नं.८ बाट रू. २,२५,०००÷– मुल्य बराबरको २२ क्विन्टल ५० किलोग्राम केराउ बरामद गरेको प्रहरीले जनाएको छ ।

उक्त बरामद गरेको केराउ थप आबश्यक कारबाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख