१४ असोज,

गुल्मि । गुल्मिमा चट्याङ लागेर नौं जना घाइते भएका छन भने सोही चट्याङमा परेर बर्ष ४५ को तेज बहादुर थापाको एक गोरुको ज्यान गएको छ ।

आज बिहान करिब ६ः१० बजेको समयमा गुल्मि जिल्लाको ईस्मा गाउँपालिका वडा नं.३ स्थित तोरिपाटामा बस्ने स्थनियहरुमा चट्याङ पर्न गई घाइतेहुनेहरु स्थानिय खनाल मेडिकलमा उपचारपछि घर फर्केका छन र केही घाइतेहरुको थप उपचारको लागि जिल्ला अस्पतालमा उपचार भइरहेको स्रोतले बाँके अपडेटलाई जानकारी दिएको छ ।

चट्याङ लागेर जिल्ला अस्पतालमा उपचारहुनेहरुमा, बर्ष २८ को लक्ष्मि नेपालि, बर्ष १९ को लक्ष्मि नेपाली, बर्ष २२ को सीता नेपाली र बर्ष २८ को जल्पा नेपाली रहेका छन ।

त्यही चट्याङमा परेर स्थानिय खनाल मेडिकलमा उपचारहुेनहरुमा, बर्ष २४ को बालिका नेपाली, वडा नं.४ स्थित मल्लरानिमा बस्ने बर्ष ३२ को पार्वती नेपाली रहेका छन ।

त्यसैगरी उपचारको क्रममा अवस्था सामान्य रहेपछि घर र्फकानेहरुमा बर्ष १९ को रिता नेपाली, बर्ष २२ को गिता नेपाली, बर्ष ५० को झगर नेपाली रहेको स्रोतले बताएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख