
१३ असोज,
आज बुधबार नेप्सेमा ५०.५८ अंकले बृद्धि बाउन्स ब्याक भएर २६ सय ६५.९३ विन्दुमा पुगेको छ ।
आज सबैजसो उपसमूह धनात्मक भएर सेयर बजारमा नै हरियाली छाएको दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ८.५८ अंकले बढेर ५०३.४६ विन्दुमा उक्लिए संगै सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक अधिकतम ४.८७ प्रतिशतले वृद्धि भएको छ ।
जुन गत मंगलबार सोही समूह उपसूचक सबैभन्दा बढी ७.३७ प्रतिशतले घट्न पुगेको थियो ।
यसैगरी आज हाइड्रोपावर समूहले ४.२२ प्रतिशतले बढेको छ भने, विकास बैंकको ३.१८ प्रतिशतले र इन्भेष्टमेन्ट समूहको २.३२ प्रतिशतले वृद्धि भएको छ । सबै भन्दा बढि कमाउनेमा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र अपीपावर कम्पनीका लगानीकर्ताहरुले अधिकतम १० प्रतिशतले कमाएका छन भने सबैभन्दा बढी गुमाउनेमा मेगा बैंक लिमिटेडका लगानीकर्ताहरुले ३.९२ प्रतिशतले गुमाएका छन् ।
यद्यपि ५० अंक माथिले बढेको सेयर बजारमा कारोबार रकम भने ५ अर्बमा सीमित भएको छ ।