
बाके- कोहोलपुर नगरपालिका १४ हवलदारपुर मा रहेको प्लाई उद्योगमा आगलागी भएको छ ।
चाणक्य आचार्यले सञ्चालन गरेको प्लाई उद्योग मा गएराति करिब १ बजे आगलागि भएको प्रहरिले जनाएको छ ।
आगलागी हुनासाथ जनपद,सशस्त्र प्रहरी, नेपालगञ्ज उपहानगरपालिकाको दमकल र कोहलपुर नगरपालिपकाको दमकलको सहयोमा आगो नियन्त्रण गरिएको हो ।
आगलागी बाट करिब ७५ प्रतिशत जलेर नष्ट भएको र बाँकि के कति क्षयति भयो त्यसको बिवरण आउन समय लाग्ने प्रहरिले जनाएको छ ।