१३ असोज,

सरकारले आगामी बैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने तयारी गरेको छ ।

विश्व मुटु दिवसको अवसर पारेर ललितपुरमा आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बोल्दै सरकारले आगामी बैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने दाबी गरे हाल दैनिक ३ लाख जनतालाई सो खोप लगाउने काम गरिरहेको र आफ्नो करिब ३ महिने कार्यकालमा १ करोड थप खोप लगाउने काम गरेको बताए ।

यो संगसंगै हाल सम्म १८ वर्ष भन्दा माथिको उमेरकालाई मात्रै खोप लगाइन्थ्यो भने अब बालबालकिाहरुलाई समेत लगाउन मिल्ने १ करोड खोप सुनिश्चित गरिएको बताए । उनले भने “करिब ३ महिनाको अवधिमा १ करोड थप खोप लगाइसकिएको जानकारी गराउन चाहन्छु । किनभने हामीले १ करोेड ७७ लाख खोप ल्याइसकेका छौं । यो दसैँसम्म ३३ प्रतिशत जनतालाई खोप लगाइसक्ने जानकारी पनि गराउन चाहन्छु”।

यसै बीच मुटु रोग, क्यान्सरजस्ता दीर्घ रोगहरुको उपचार निःशुल्क रुपमा गर्ने गरी सरकारी अस्पतालहरूको सुधार गर्न सरकार लागि परेको राज्यमन्त्री उमेश श्रेष्ठल बताए ।

प्रतिक्रिया

सम्बन्धित ख