१३ असोज,

बर्दिया । वेवारिसे अवस्थामा रहेको पचास हजार बराबरको सामान ढोढरी ईलाका प्रहरी कार्यालय बरामद गरेको छ ।

बर्दिया जिल्ला मधुवन नगरपालिका वडा नं.४ र ५ को नेपाल भारत तर्फको खुल्ला सिमानाका बाट भन्सार छली गरी ल्याई वेवारिसे अबस्थामा राखिएको ७५० किलोग्राम आलु, १०० एम.एमको ५० मिटरको खाक्सी २ पिस र ईलेक्ट्रोनिक धाराको टुटी ३५० पिस गरी अन्दाजी मुल्य रू. ५०,०००÷– बराबरका निम्न सामानहरु ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियाबाट खटीएको गस्ती टोलीले फेला पारेको प्रहरीले जनाएको छ ।

उक्त सामानहरु फेला पारी आबश्यक कारबाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाएको प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख