
१३ असोज,
कैलाली । कैलालीमा चालिरहेको ट्याक्टरबाट खासेर एक युवकको मृत्यु भएको छ ।
कैलाली जिल्ला गौरीगंगा नगरपालिका वडा नं.४ राजिपपुर स्थित सामुदायिक बनमा राजिपुरबाट बालुवा गाडातर्फ गईरहेको से२त७१ नम्बरको ट्याक्टरमा काम गर्ने गौरीगंगा नगरपालिका वडा नं. ४ को १५ वर्षिय आशिष चौधरी सोहि ट्याक्टर बाट खस्न गई गम्भिर घाईते भएका उनको उपचारको क्रममा निसर्ग अस्पताल धनगढीमा मृत्यु भएको प्रहरी जानकारी दिएको छ ।
उक्त दुर्घटना भएको ट्याक्टर र चालक ४२ वर्षिय कर्ण बहादुर खत्रीलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।