
१३ असोज,
बाँके । नेपालगंजस्थित अवैध रुपमा जमुनाहा भन्सार छली ल्याएको मोटरसाइकलसहित सामानहरु सशस्त्र प्रहरीले बरमाद गरेको छ ।
सशस्त्र प्रहरीका अनुसार, नेपालगंज उपमहानगरपालिका वडा नं. १४ बाबुगाउँ स्थित भारतबाट अवैधरुपमा भन्सार छली भारतीय नम्बर प्लेटको मोटरसाइकलमा ल्याउँदै गरेको लत्ताकपडा तथा किराना सामान, सुपर पावर सुर्ती जस्ता सामानहरु सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरीबाट सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलिले फेला पारेको जनाएको छ ।
उक्त बरामद गरेको सामानहरु थप कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी गराएको छ ।