
१२ असोज,
बाँके । नेपलागंजस्थित भेरी अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।
कोरोनाबाट मृत्यहुनेमा, बैजनाथ गाउँपालिका वडा नं. ६ को ४० वर्षिय पुरुषको मृत्यु भएको बाँके जिल्ला कोभिड फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन ।
यो क्रमसँगै बाँकेम कोरोना संक्रमित ३ सय ३५ र बाहिरी जिल्लाबाट उपचारको लागि आएका ४ सय १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको जिल्ला कोभिड फोकल पर्सन ओलीले बताए ।