
१२ असोज,
कैलाली । धनगढीमा चोरी मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सम्मानित कैलाली जिल्ला अदालतबाट चोरी मुद्दामा मिति २०७७।०९।१९ गतेको फैसलाले १ महिना ७ दिन कैद र रु. १०,०००।–(दश हजार) जरिवाना भई फरार रहेका धनगढी उपमहानगरपालिका वडा नं.१ स्थित शान्तिनगरमा बस्ने २८ वर्षिय नबिन चौधरीलाई शान्तिनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित कैलाली जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ ।