
१२ असोज,
गोरखा । प्रहरीको CID हौं भन्दै मालबहाक ट्रक रोकेर लुटपाट गर्नेे समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा, गोरखा नगरपालिका वडा नम्बर ११ को २१ वर्षिय निरज कोइराला, २० वर्षिय निरन्जन तामाङ, २० वर्षिय ओमराज गुरुङ, १९ वर्षिय सुरज तामाङ, मनोज तामाङ र रिकेश कुँवर रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, सोमबार राति करिब २ बजेकोे समयमा बारा किलो भन्ने ठाउँमा उनीहरूले आँबुखैरेनीबाट गोरखातर्फ आइरहेको ना ६त४५६ र ना६ख५५०२ नम्बरको मालबाहक ट्रकलाई सडकमै रोकेर प्रहरीको CID हौं भन्दै ट्रक लुटपाट र सहचालकको मोबाइल खोसेका थिए ।
उक्त घटनाको जानकारी पछि संलग्न रहेका युवाहरुलाई पक्राउ गरी सार्वजनिक हितविरूद्ध कसुर अन्तर्गत मुद्दा दर्ता गरी १० दिनको म्यादसहित हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।