
१२ असोज,
बर्दिया । बबई नदीमा अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने ट्याक्टरसहित २ चालक पक्राउ परेका छन ।
ट्याक्टर चालक पक्राउ पर्नेहरुमा, बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नं. १ स्थित जोगिगाउँमा बस्ने ३० वर्षिय बिमल सुनार र सोही ठाउँमा बस्ने ३० वर्षिय थिर लाल बिक रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, बारबर्दिया नगरपालिका वडा नं.२ स्थित बबई नदीमा अबैध रुपमा बालुवा उत्खनन् गरी लोड गरी रहेको अवस्थामा भे १ त ९५९६ र भे १ त ५७५८ नम्बरका दुई वटा ट्याक्टरसहित फेला पारी दुई जानै चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उक्त ट्याक्टर र चालकलाई पक्राउ गरी थप आवश्यक कारबाहीको लागि बारबर्दिया नगरपालिकाको कार्यालय जयनगर बर्दियामा पठाईएको प्रहरीले जानकारी गराएको छ ।