
१२ असोज,
बाँके । कोहलपुर सिम्रीमा बस्ने काठ ओसारपसार मुद्दामा फरार रहेका १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सम्मानित बाँके जिल्ला अदालतले अबैध काठ ओसारपसार मुद्दामा मिति २०७३।१०।२३ गतेको फैसलाले ८ महिना कैद र १०,०००।– (दश हजार) जरिवाना तोकिएकोमा फरार रहेका बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं. ५ स्थित सिम्रीमा बस्ने ३६ वर्षिय जगेश्वर थारु लाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित जिल्ला अदालत बाँकेमा बुझाईएको प्रहरीले जनाएको छ ।