
११ असोज,
बाँके । नेपालगंजस्थित अवैधरुपमा जमुनाहा भन्सार छली ल्याउदै गरेको विभिन्न सामानहरु प्रहरीले बरामद गरेको छ ।
प्रहरीका अनुसार, नेपालगंज उपमहानगरपालिका वडा नं. १० स्थित भारतबाट छलि ल्याएको कपडा, बल्ब, हार्डवेयरको सामान लगायतका विभिन्न सामानहरू अन्दाजी मुल्य १,४६,०००।– (एक लाख छयालिस हजार ) रुपैयाँ बराबरको सामान फेला पारेको प्रहरीले जानकारी दिएको छ ।
उक्त फेला पारेको सामानहरु थप आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जानकारी गराएको छ ।