रुपन्देही- लुम्बिनी प्रदेश अन्तरगत रुपन्देहीको तिलोत्तमा नगरपालिका नया मिल स्थित ट्रकको ठक्करबाट स्कुटरमा सवार दुइ जना गम्भीर घाइते भएका छन ।भैरहवाबाट बुटवल तर्फ आउँदै गरेको ग १ ख ४८८८ नम्बरको ट्रकले बाटो काट्दै गरेको लु २० प ३७५२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी तिलोत्तमा ११ का ५५ वर्षिय रणबहादुर खड्का र उनकी श्रीमती ५० वर्षिय सावित्रा खड्का घाइते भएको प्रदेश ट्राफिक प्रहरी बुटवलले जनाएको छ ।

उनीहरुको मणिग्रामस्थित क्रिमशन अस्पतालमा उपचार भईरहेको छ । उनिहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख