११ असोज,

नेपाल सरकारले भारतबाट दशैं तिहारको बेला घर फर्किने सम्पूर्ण नेपालीहरुलाई सीमा नाकामै अनिवार्य खोप लगाउने भएको छ ।

कोरोना महामारीको संक्रमणदर अझै सक्रिय रहेको हुनले चाडपर्वको बेला जोखिम बढ्न सक्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सीमा नाकामै खोप लगाउने निर्देशन दिएका छन ।

प्रधानमन्त्री देउवाका निर्देशनको आधारमा स्वास्थ्य मन्त्रालयका सचिव, जनस्वास्थ्य विभागका प्रमुख, विश्व स्वास्थ्य संगठन र युनिसेफका प्रतिनिधिसहितको उच्चस्तरीय समितिको बैठक राखेर भारतबाट नेपाल आउने सबै व्यक्तिको सीमानाकामै इन्टलिजेन्ट टेष्ट गर्ने तथा खोप नलगाई आएकालाई त्यहीँ खोप लगाएर सुरक्षित रूपमा घर पठाउने व्यवस्था गरेको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, पुरानो मौज्दात १५ देखि १७ लाख मात्रा र हालै चीनबाट ल्याएको खोप रहेको र इन्टलिजेन्स टेष्टका लागि लाखौंको संख्यामा उपकरण उपलब्ध भएको हुनले बिना अवरोध स्थानीय सरकारसँग समन्वय गरी परीक्षणलाई तिब्रताका साथ नाकामा यहीँ साताभित्र यो अभियान सुरु हुने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख