११ असोज,

बर्दिया । ट्राफिक चेकिङ्गको क्रममा प्रहरीलाई घुस दिन खोज्ने २ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेहरुमा, बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. ११ को २० वर्षिय राकेश खटिक र सोही ठाउँको १९ वर्षिय अजय खटिकलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, गुलरिया नगरपालिका वडा नं. ७ शहिदगेट स्थित जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाको संयुक्त टोलिले ट्राफिक चेकजाँच गरिरहेको क्रममा लु२०प८६१ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँचको लागी ब्लुबुक र लाईसेन्स माग गर्दा आर्थिक प्रलोभन देखाउनुका साथै काम कारबाहीमा समेत प्रभाव पार्न खोज्दा उनीहरुलाई पक्राउ गरी आवश्यक कानूनी कारबाही अगाडी बढाईएको प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख