१० असोज,

पछिल्लो २४ घण्टामा देशभर ८३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसै बीच २४ घण्टामै ९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

देशभरीबाट पछिल्लो २४ घण्टामा १३ हजार ७३६ जनामा कोरोना परीक्षण गर्दा ८३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो भने र १२७९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।

यो क्रमसंगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९६ पुगेको छ । यस्तै कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९१ हजार ३९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९० हजार ५४७ जना पुगेको छ । संक्रमितमध्ये ७ लाख ६१ हजार १५४ जना निको भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख