१० असोज,

बाँके । कोहलपुरको भगरियमा पतिको कुटाईबाट पत्नीको मृत्यु भएको छ ।

पतिको कुटाईबाट मृत्यु हुनेमा, कोहलपुर नगरपालिका वडा नं. ३ स्थित भगरियामा घर भएकी ३५ वर्षीया लक्ष्मीरुपा न्यौपाने रहेकी डिएसपी रविन्द्र खनालले जानकारी दिए ।

डिएसपी खनालका अनुसार, पति प्रकाश न्यौपानले पत्नी लक्ष्मीरुपा न्यौपानेलाई कुटेर नालामा धकेलेका थिए । कुटपिटबाट गम्भीर घाइते भएकी लक्ष्मी रुपाको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो ।

उक्त पत्नी हत्यामा संलग्न प्रकाशलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी खनालले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख