
१० असोज,
बाँके । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोनाबाट मृत्युहुनेमा, बाँके जिल्लाको कोहलपुर नगरपालिकाको २२ वर्षिय पुरुष र बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाको ७२ वर्षिय पुरुषको मृत्यु भएको बाँके जिल्ला कोभिड फोकल पर्सन तेज ओलिले जानकारी दिए ।
उनका अनुसार, यो क्रम संगै बाँके जिल्लाभित्रै मृत्यु हुने कोरोना संक्रमितको संख्या ३३४ र बाहिरी जिल्लाबाट उपचारको लागि पुगेका ४१८ संक्रमितको मृत्यु भएको बताए ।