
साउन-८,बाँके
✍️बिजय काफ्ले ।
कोहलपुर नगरपलिका वडा नम्बर १२ चपरगौडी स्थित बाँके राष्ट्रिय निकुञ्जको हात्तिसार प्रवेश द्वारमा मर्मतको नाममा कार्यकर्ता पोस्ने कार्य कोहलपुर नगरपालिकाले गरेको छ ।
मर्मत सम्भार भन्दै हात्तीसार प्रबेशद्वारमा पक्की पिज बाटो माथी ढुङ्गा हालेर अझ मर्मत गर्ने साटो जनतालाई सस्ति दिएको छ । ठुला ठूलो ढुङ्गा भएका कारण हिड्न समेत असहज भएको भन्दै एक स्थानीएले बाँके अपडेट सङ गुनासो गरे ।
यस सङै बर्षायाम भएका कारण पिज बाटो माथी ढुङ्गा र माटो हाल्दा बाटो नै हिलाम्य भएको छ । तर कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावत र उपमेयर सन्जु कुमारी थारु भने बिना बोलपत्र आफ्ना कार्यकर्ता लाई रजाइँ गराउदै पूरा सरकारी मुल्यमा भागबन्डा लगाउदै ठेक्का दिएको एक नेताले नाम नबताउने सर्तमा बाँके अपडेट लाई बताए ।
कोहलपुर नगरपालिका भ्रष्टाचार बढी भएको तथ्य अख्तियर अनुसन्धान आयोग नेपालगन्ज सम्पर्क कार्यालयले जारी गरेको एक तथ्यांकले देखाएको छ । यो तथ्यांक बाट प्रष्ट हुन्छ कि कोहलपुर नगरपालिका भ्रष्टाचारको अखडा हो । कर्मचारी र जनप्रतिनिधि कै मिलेमतो मा ब्रहम्म लुट भएको पाइएको छ ।
यसरी बारम्बार भ्रष्टाचार भएको खबर बाहिर आउदा समेत अख्तियर दुरुपयोग अनुसन्धान आयोग मौन जस्तै देखिन्छ । जनताको सेवा गर्न भनी निर्वाचित जनप्रतिनिधि बिकास भन्दा कमाउ धन्दामा ब्यस्त रहेको जानकारहरु बताउछन ।
तर बारम्बार भ्रष्टाचारको समाचार बाहिरा आउदा समेत कुनै कार्बाही नहुदा पिडितहरु निरास रहेका छन ।