
८ असोज,
पछिल्लो २४ घण्टामा थप १,४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भने ९ जनाको मृत्यु भएको छ ।
देशभरीबाट १०,५७५ पीसीआर परीक्षण गर्दा १,१०३ जना र ५,११५ एन्टिजेन परीक्षण गर्दा ३७३ गरी १,४७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र १,५५० जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो क्रमसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८९ हजार ८७२ पुगेको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ भने ७ लाख ५८ हजार ५०४ जना संक्रमणमुक्त भएका छन् ।