
८ असोज,
बर्दिया । विवाह गर्छु भन्दै आफ्नै घरमा लागेर १६ वर्षीया किशोरीलाइ १ महिना देखी बलात्कार गर्ने एक युवा पक्राउ परेको छ ।
पक्राउ पर्नेमा, बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं. १ स्थित कुसुम्बामा बस्ने २४ वर्षिय सुरेश मगर रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुुुसार, मगरले किशोरीलाई विहेको प्रलोभन देखाउँदै साउन २४ गतेदेखि असोज ६ गतेसम्म आफ्नै घरमा राखेर जबरजस्ती करणी गर्ने कुटपिट तथा धम्की समेत दिने गरेको खबर पाउनसाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।