
८ असोज,
बाँके । बन्य जन्तु ओसार पोसार मुद्दाको फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नं. ९ को ४४ वर्षिय मनिराम थारु र सोही ठाँउको ४३ वर्षिय धनिरामा थारु रहेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार , बाँके जिल्ला अदालतबाट वन्य जन्तु ओसार पसार मुद्दामा ११ महिना १० दिन सजाय तोकिएकोमा उनीहरु हालसम्म फरार रहेका थिए । पक्राउ गरी उनीहरुलाई बाँके जिल्ला अदालतम बुझाइएको प्रहरीले जानकारी दिएको छ ।