
८ असोज,
कैलाली । सवारी ज्यान मुद्दाका फरार रहेका १२ वर्ष पछि २ जना पक्राउ परेका छन ।
सवारी ज्यान मुद्दामा पक्राउ पर्नेहरुमा , कैलाली साबिक सहजपुर वडा नं.२ घरभई हाल कैलाली जिल्लाको चुरे गाउँपालिका वडा नंं. ५ स्थित खानिडाँडामा बस्ने दिपका अधिकारी र सोही ठाँउको गंगा बहादुर अधिकारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, कैलाली जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कैलाली जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा दिपक अधिकारीलाई १ वर्ष ११ महिना १० दिन र गंगा बहादुर अधिकारीलाई ६ महिना कैद दण्डा सजाय भई फरार रहेकाहरुलाई खोजतलास गर्ने क्रममा उनीहरुकै घरबाट फेला पारी जिल्ला अदालतमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।