२६ चैत्र,

बाँके । सरकारले नागढुंगा सुरुङ मार्ग प्रयोग गरेबापत सर्वसाधारणले तिर्नुपर्ने दस्तुर दर सार्वजनिक गरेको छ। उक्त दर २०८२ साल साउन २६ गते नै तय गरिएको भए पनि सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै बिहीबारदेखि औपचारिक रूपमा सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएको दर अनुसार विभिन्न सवारी साधनका लागि फरक–फरक शुल्क निर्धारण गरिएको छ।

कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रोबस लगायत हलुका सवारी साधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।

त्यसैगरी, मिनीबस तथा मिनी ट्रिपर/ट्रकका लागि काठमाडौं आउँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ दस्तुर तोकिएको छ।

बस तथा सिंगल रियर एक्सल ट्रकका हकमा काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क लाग्नेछ।

यस्तै, मल्टी एक्सल ट्रक तथा भारी उपकरणका लागि काठमाडौं भित्रिँदा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ दस्तुर निर्धारण गरिएको सरकारले जनाएको छ।

सरकारले सुरुङ मार्गको सञ्चालन तथा मर्मतसम्भार खर्च व्यवस्थापनका लागि उक्त दस्तुर दर लागू गरिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख