
२६ चैत्र,
कोहलपुर — कोहलपुर नगरक्षेत्रका विद्यालयहरूमा सञ्चालन गरिएको आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षाको नतिजा सार्वजनिक गरिएको छ। आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा सञ्चालन समितिको चैत २५ गते बसेको बैठकको निर्णयअनुसार चैत ५ गतेदेखि १२ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित गरिएको हो।
सम्बन्धित विद्यालयहरूलाई अनलाइन प्रणालीमार्फत नतिजा प्राप्त गरी प्रकाशन गर्न आग्रह गरिएको छ। विद्यालयहरूले emis.cehrd.gov.np मा गई आफ्नो Username र Password प्रयोग गरी IEMIS प्रणालीमा लगइन गरेर ‘Manage Exam’ अन्तर्गत ‘Gradewise Ledger’ मा गई वर्ष २०८२ र कक्षा ८ छनोट गरी नतिजा हेर्न तथा प्रिन्ट गर्न सक्नेछन्।
नतिजा चित्त नबुझेका परीक्षार्थीहरूले २०८३ वैशाख ४ गतेभित्र विद्यालयमार्फत पुनर्योगका लागि निवेदन दिन सक्नेछन्।
त्यस्तै, बढीमा दुई विषयमा Non-Graded (NG) प्राप्त गरेका विद्यार्थीहरूका लागि ग्रेडवृद्धि (Supplementary) परीक्षा सञ्चालन गरिने भएको छ। सम्बन्धित विद्यालयहरूले २०८३ वैशाख १४ गतेभित्र ‘Supplementary Exam’ प्रणालीमार्फत सिम्बोल नम्बर सहितको फाराम तयार गरी शाखामा बुझाउनुपर्नेछ।
ग्रेडवृद्धि परीक्षा २०८३ वैशाख २४ र २५ गते बिहान ८ बजेदेखि सञ्चालन हुने जनाइएको छ। परीक्षा केन्द्र, सहभागी संख्या र विषय अनुसार विस्तृत समयतालिका पछि सार्वजनिक गरिनेछ।










