७ असोज,

बाँके । अबैध रुपमा भन्सार छली ल्याएको अन्दाजी एक लाख त्रिपन्न हजार बराबरको सामान प्रहरीले बरामद गरेको छ ।

प्रहरीका अनुसार, आज करिब ११ बजेको समयमा नेपालगंज उपमहानगरपालिका वडा नं. १७ स्थित जमुनाह भन्सार छलि ल्याएको लत्ता कपडा, चिनी, पास्ता, गाडिको सामान लगायतका विभिन्न सामानहरू अन्दाजी मुल्य रु १,५३,०००।– बराबरको सामान फेला पारेको प्रहरीले जनाएको छ ।

उक्त सामानहरु थप आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख