
७ असोज,
काठमाडौं । १५ वर्षिय बालिकालाई बलात्कार गरी फरार रहेको १ जनालाई प्रहरीले १० वर्ष पछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ३८ वर्षीय सागर तामाङ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, तामाङले २०६८ सालमा काठमाडौँमा जागिर लगाइदिन्छु भन्दै १५ वर्षीया किशोरीलाई दोलालघाटबाट काठमाडौँ ल्याएका थिए । काठमाडौँमा उनले कोटेश्वरस्थित शुभलक्ष्मी गेस्ट हाउसमा लगेर डर त्रास देखाएर जबरजस्ती करणी गरेको मुद्दामा जिल्ला अदालत काठमाडौँले २०७१ साल वैशाख १ गते तामाङलाई जबरजस्ती करणी मुद्दामा ९ वर्ष कैद तथा पीडितलाई १० लाख क्षतिपूर्ति तिराउने फैसला गरेको थियो ।
उक्त फैसला पछि फरार रहेका तामाङलाई १० वर्ष पछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।