
२४ चैत्र,
बाँके । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सम्झौता गर्न तयार नभए पूरै सभ्यता आजै राति नष्ट हुने चेतावनी दिएका छन्।
ट्रुथ सोसियलमा पोष्ट गर्दै उनले इरानलाई यस्तो चेतावनी दिएका हुन्। ‘पूरै सभ्यता आज राति नष्ट हुनेछ, जुन फेरि कहिल्यै फर्किने छैन’, उनले लेखेका छन्, ‘म यस्तो होस् भन्ने पक्षमा छैन, तर सम्भवतः त्यस्तै हुनेछ।’
उनले यसलाई इतिहासको सबैभन्दा महत्त्वपूर्ण क्षण भनेका छन्। ‘हामी आज राति थाहा पाउनेछौँ यो विश्वको लामो र जटिल इतिहासको सबैभन्दा महत्त्वपूर्ण क्षणमध्ये एक हो’, उनले लेखेका छन्, ‘४७ वर्षको जबर्जस्ती, भ्रष्टाचार र मृत्यु सबै समाप्त हुनेछ। भगवान् इरानका महान जनतालाई आशीर्वाद दिनुहोस्









